close

मंगलबारदेखि अमेजन प्राइमको शुल्क बढ्ने

टेकपाना टेकपाना

मंसिर २५, २०७८ १६:४१

मंगलबारदेखि अमेजन प्राइमको शुल्क बढ्ने

काठमाडौं । भिडिओ प्लेटफर्म अमेजन प्राइमको मेम्बरशिप शुल्क मंगलबारदेखि बढ्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराउँदै आएको शुल्कमा ५० प्रतिशत थप गर्ने निर्णय गरेको हो ।

हुन त कम्पनीले गत अक्टोबरमै यो निर्णय सार्वजनिक गरेको थियो । हालै कम्पनीले आउँदो डिसेम्बरदेख बढेको शुल्क लागू हुने जनाएको छ ।

कम्पनीका अनुसार नयाँ शुल्क पुरानो शुल्कको आधारमा ५० प्रतिशत नै बढी हुनेछ । छिमेकी देश भारतमा अमेजन प्राइमको वार्षिक शुल्क भारु ९९९ रुपैयाँ रहेको छ । तर, मंगलबारदेखि भने नयाँ सब्स्क्रिप्सनका लागि भारतीय रुपैयाँ १४ सय ९९ तिर्नुपर्ने छ ।

कम्पनीका अनुसार डिसेम्बर १३ सम्म आफ्नो युजर रिन्यु गर्ने प्रयोगकर्ताको हकमा भने यो लागू हुने छैन । तर, १४ तारिखबाट भने नयाँ शुल्ककै आधारमा रिन्यु गर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२