प्रयोगकर्ताको लोकेसन माग्ने एपलाई गुगलको चेतावनी, नियम पालना नगरे प्रतिबन्ध
मंसिर २६, २०७८ १२:३
काठमाडौं । प्रयोगकर्ताको लोकेसेन माग गर्ने गरी एप निर्माण गर्ने डेभलपरलाई गुगलले चेतावनी दिंदै यसको प्रयोगको बारेमा प्रष्ट नीति अपनाउन निर्देशन दिएको छ ।
गुगलले आफ्नो नियमको पालना नगर्ने एपलाई आफ्नो एप स्टोरमा प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ । हुक नाम बेलायती कम्पनीले गुगल डेभलपरहरुसँग लोकेसन डेटा लिएर बिक्री गर्ने गरेको तथ्य सार्वजनिक भएपछि गुगलले यस्तो चेतावनी दिएको हो ।
आफ्नो डेटा नीतिको पालना नगर्ने एपलाई आफ्नो स्टोरमा प्रतिबन्ध लगाउने चेतावनी कम्पनीले दिएको छ । हुकले एप डेभलपरलाई केही कोड दिने गरेको र उक्त कोड एपमा राखेपछि प्रयोगकर्ताको डेटा हुकले प्राउने गरेको तथ्य सार्वजनिक भएको थियो ।
हुक आफैंले पनि केही एन्ड्रोइड एप डेभलपरले प्रयोगकर्ताको अनुमति बिनै लोकेसन डेटा संकलन गर्ने गरेको तथ्य सार्वजनिक गरेको थियो । एपमार्फत प्रयोगकर्ताको डेटा संकलन गर्ने र अर्को पक्षलाई बिक्री गर्ने कामलाई धेरै देशमा नियमन भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
