close

अश्लील भिडिओ राख्ने युट्युवर पक्राउ

टेकपाना टेकपाना

मंसिर २६, २०७८ १६:५१

अश्लील भिडिओ राख्ने युट्युवर पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडिओ राख्ने एक युट्युवर पक्राउ परेका छन् ।

टेन्सन ब्रो (Tenson Bro) नामक युट्युव च्यानल सञ्चालन गर्ने कालिकोट घर भई हाल बुढानिलकण्ठ, काठमाडौंमा बस्ने २१ वर्षीय भरतबहादुर तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले युट्युवमा अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओ बनाई युट्युव लगायत सामाजिक सञ्जालमा प्रसारण गरेको प्रहरीले जनाएको छ ।

तिरुवाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेकोले पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । उनलाई शनिवार पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२