close

डेटासम्बन्धी निःशुल्क तालिम दिँदै ‘कोड फर नेपाल’, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर २८, २०७८ ११:४७

डेटासम्बन्धी निःशुल्क तालिम दिँदै ‘कोड फर नेपाल’, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धी निःशुल्क तालिम प्रदान गर्ने भएको छ । नेपाली युवाहरूलाई डेटा सम्बन्धी सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने उद्देश्य सहित संस्थाले तीन महिना लामो फेलोशिप सञ्चालन गर्न लागेको हो ।

फेलोशिपले यस वर्ष चार सय नेपालीहरूको डेटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य संस्थाको छ । ‘कोड फर नेपाल’ ले नेपालमा डिजिटल साक्षरता प्रवर्द्धन गर्दै आएको छ । ओपन डेटाको प्रयोग बढाएर नेपाललाई जटिलरूपमा सशक्त बनाउने उद्देश्य सहित सन् २०१४ मा स्वयंसेवकहरूको संस्थाको रुपमा यसको स्थापना भएको हो ।

कोड फर नेपालले डेटाक्याम्पको सहकार्यमा यस फेलोशिप सञ्चालन गर्न लागेको हो । यस फेलोशिपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्नेछन् । साथै उनीहरूले रोजगारीका विभिन्न अवसरहरू पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फेलोशिप चार चरणमा सम्पन्न हुनेछ । जसमा डेटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट रहेको छ । त्यसमध्ये डाटाक्याम्प कोर्स अन्तर्गत सहभागीहरूले आफ्नो डेटा र डिजिटल सीपहरू वृद्धि गर्ने जनाइको छ ।

यो कोर्स तीन महिनाभित्र सक्नुपर्नेछ। त्यसपछि असाइनमेन्ट अन्तर्गत सहभागीले असाइनमेन्टलाई ब्लग पोष्ट, डेटा भिजुअलाइजेसन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपमा पेश गर्नुपर्नेछ। यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरमा प्रदान गरिने जनाइएको छ ।

नेपाल भित्र र बाहिर बस्ने सबै नेपालीले यस फेलोशिपका लागि आवेदन दिन सक्नेछन् ।  इच्छुक सहभागीहरूले यो फारम भरेर फेलोशिपका लागि भोलि बुधबारसम्म आवेदन दिन सक्नेछन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२