close

प्रयोगकर्तालाई स्क्यामरबाट सुरक्षित राख्न ह्वाट्सएपमा थपियो नयाँ फिचर

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १०:३२

प्रयोगकर्तालाई स्क्यामरबाट सुरक्षित राख्न ह्वाट्सएपमा थपियो नयाँ फिचर

काठमाडौं । ह्वाट्सएपले केही दिनअघि मात्रै प्रयोगकर्ताको सुरक्षाको लागि नयाँ फिचर उपलब्ध गराएको छ । यो सँगै ह्वाट्सएपमा च्याट गर्दा प्रयोगकर्ताले अन्जान व्यक्ति तथा स्क्यामरहरुसँग डराइ राख्नुपर्ने अवस्था नहुने बताइएको छ ।

त्यसका लागि कम्पनीले अन्जान व्यक्ति तथा स्क्यामरले तपाईं अन्तिम पटक ह्यावट्एपमा कहिले देखिनु भएको थियो भन्ने जानकारी हेर्न नमिल्ने बनाएको छ । हुन त कम्पनीले यसअघि नै ‘लास्ट सीन’ तथा ‘अनलाइन एक्टीभिटिज’ कसैले हर्ने नमिल्ने बनाउन सकिने विकल्प उपलब्ध गराएको थियो ।

तर, यो फिचर प्रयोग गरेपनि विभिन्न एपको माध्यमबाट स्क्यामरहरुले प्रयोगकर्ताको ह्वाट्सएपमा हुने क्रियाकलापलाई निगरानी गर्ने गरेको पाइएको थियो । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले थप सुरक्षा सहित नयाँ नम्बरबाट प्रयोगकर्ता अन्तिम पटक कहिले अनलाइन थियो ? पठाएको म्यासेज प्रयोगकर्ताले हर्‍यो हेरेन भन्ने कुनै जानकारी लिन नसक्ने बनाएको हो ।

कम्पनीका अनुसार यदि म्यासेज प्राप्त गर्ने व्यक्तिले रिप्लाई दिएको खण्डमा भने यो फिचरले काम गर्ने छैन् । यसको अर्थ त्यसपश्चात् भने उसले तपाईं अन्तिम पटक कहिले अनलाइन हुनुहुन्थ्यो ? उसले पठाएको म्यासेज तपाईंले हेर्नु भयो भएन भन्ने सम्पूर्ण जानकारी प्राप्त गर्नसक्छ ।

यो फिचर केही दिन अघिबाट सबै प्रयोगकर्तालाई उपलब्ध भइसकेको छ । यो स्वतः लागुहुन फिचर भएकाले कुनै सेटिङको आवश्यक नहुने कम्पनीले जनाइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२