close

पैसा लिएर राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन भर्नेलाई कारबाही हुन्छ : विभाग

टेकपाना टेकपाना

पुस २, २०७८ १२:१५

पैसा लिएर राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन भर्नेलाई कारबाही हुन्छ : विभाग

काठमाडौं । अहिले ई-पासपोर्टको कामलाई छिटो सम्पन्न गराउन अनलाइन आवेदन सञ्चालन भइरहेको छ । अनलाइन आवेदन भर्ने प्रणालीमा सेवाग्राही आफैँले र सेवा प्रदायकले अरुको लागि आवेदन भर्न मिल्ने व्यवस्था गरिएको छ ।

अनलाइन आवेदन भरिदिनको लागि हालसम्म सेवा प्रदायक छनोट नभएको राष्ट्रिय परिचयपत्रका निर्देशक सुवास ढकालले बताए । यद्यपि अहिले राष्ट्रिय परिचय पत्र वितरण भइरहेका कार्यालय बाहिर दुई सय रुपैयाँ लिएर फाराम भरिदिनेहरु प्रशस्त भेटिन्छन् ।

कार्यालयले फाराम भर्ने सेवा दिने सेवा प्रदायक छनोट नगरिसकेकाले यो गैरकानूनी भएको र सकेसम्म सर्वसाधरणले थप पैसा तिर्नु नपर्ने गरी सिस्टम लागू गरिने निर्देशक ढकालले बताए ।

पैसा तिर्नै परे पनि सुलभ बनाउन निश्चित रकम तोक्ने तयारी रहेको उनले बताए । आफूखुशी रकम असुल्ने कुनैपनि व्यक्ति तथा संस्थालाई कारबाही गरिने ढकालले बताए ।

अहिले अनलाइन ईन्ट्री गर्दा भएका त्रुटीलाई आन्तरिक रुपमा सच्याउने गरिएको उनले बताए । यसो हुँदा जति चाँडो काम हुनुपर्ने हो त्यो चाहिँ हुन नसकेको ढकाल स्वीकार्छन् ।

राष्ट्रिय परिचय पत्रको विवरण राहदानीका लागि मात्र नभएर अन्य थुप्रै प्रयोजनका लागि आवश्यक पर्ने हुँदा विवरण पेश गर्दा सजग रहन ढकालले आग्रह गरे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२