close

नेपाल पेमेन्ट सोलुसन्सकाे डिजिटल प्लेटफर्ममा जाेडियाे लुम्बिनी बैंक

टेकपाना टेकपाना

पुस ७, २०७८ ८:२७

नेपाल पेमेन्ट सोलुसन्सकाे डिजिटल प्लेटफर्ममा जाेडियाे लुम्बिनी बैंक

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स (एनपीसी) को डिजिटल इकोसिस्टममा लुम्बिनी विकास बैंक जोडिएको छ । आफ्नो नेटवर्कमा विस्तार गर्ने क्रममा कम्पनीले मंगलबार लुम्बिनी बैंकसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा एनपीसीको तर्फबाट कम्पनीका सीएक्सओ प्रताप श्रेष्ठ र बैंकको तर्फबाट डेपुटी सीईओ उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

योसँगै बैंकका ग्राहकले एनपीसीका चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सेवा प्रयोग गर्न सक्नेछन् ।

एनपीसीले यी सेवा डिजिटल वालेट र रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२