close

ईसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

टेकपाना टेकपाना

पुस ७, २०७८ १३:१५

ईसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स कारोबारलाई प्राथमिकता दिँदै आएको ईसेवा मनि ट्रान्सफर र बैंक राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरे ।

यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखारहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स पनि नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिने जनाइएकाे छ ।

यसैगरी, चाँडै नै राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीले यस बैंकको मोबाइल एप ‘आरबीबी स्मार्ट’ प्रयोग गरेर देश तथा विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

साथै, मोबाइल एपबाट ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरेर देशभर आन्तरिक रेमिट्यान्स समेत पठाउन सकिने जनाइएकाे छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२