close

सधैंका लागि यसरी डिलिट गर्नुहोस् टिकटक अकाउन्ट

टेकपाना टेकपाना

पुस १४, २०७८ ११:९

सधैंका लागि यसरी डिलिट गर्नुहोस् टिकटक अकाउन्ट

काठमाडौं । छोटो भिडिओका लागि चर्चित एप हो, टिकटक । नेपालमा पनि अहिले लाखौं प्रयोगकर्ता यो एपमा जोडिएका छन् । रमाइलो र समय व्यतित गर्नमात्र होइन, गतिलो आम्दानी गर्ने माध्यमको रुपमा समेत टिकटक प्रयोग भइरहेकाे छ ।

तर टिकटक सबैका लागि प्रिय नबन्न सक्छ । यदि तपाईं टिकटकको दुनियाँबाट टाढा रहन आफ्नो अकाउन्ट सधैंका लागि डिलिट गर्न चाहनुहुन्छ भने यो लेख उपयोगी हुनेछ ।

अर्कोतर्फ तपाईंसँग धेरै टिकटक आईडी छ भने, आफूले चाहेका अकाउन्ट डिलिट गर्न पनि सक्नुहुनेछ ।

१. यसका लागि तपाईं पहिला आफ्नो टिकटक एप खोल्नुहोस् ।  

२. त्यसपछि स्क्रिनको तल दायाँपट्टि रहेको प्रोफाइल ट्याबमा जानुहोस् । 

३. प्रोफाइल ट्याबमा गएर माथि देखाइएको तीनवटा धर्का भएको लाइनमा क्लिक गर्नुहोस् ।  

४. ‘सेटिङ एन्ड प्राइभेसी’ पेजमा गएर म्यानेज अकाउन्टमा क्लिक गर्नुहोस् ।  

५. ‘म्यानेज अकाउन्ट’को अन्तिममा डिलिट अकाउन्ट अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ क्लिक गर्नुहोस् ।  

६. उपयुक्त कारण देखाएर तपाईंले अकाउन्ट डिलिटको प्रक्रिया अघि बढाउन सक्नुहुन्छ ।   

यो सबै प्रक्रिया पुरा गरिसकेपछि टिकटकले तपाईंलाई ३० दिनको समय दिनेछ, जुन समय अवधिभित्र तपाईंले आफ्नो अकाउन्ट लगईन गर्न सक्नुहुन्छ । यदि ३० दिनभित्र लगईन गर्नुभएन भने अकाउन्ट सधैंका लागि डिलिट हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२