close

बढ्यो सुरक्षित सर्च इन्जिन ‘डकडकगो’ को प्रयोग

टेकपाना टेकपाना

पुस १४, २०७८ ११:४७

बढ्यो सुरक्षित सर्च इन्जिन ‘डकडकगो’ को प्रयोग

काठमाडौं । सन् २०२१ डकडकगोका लागि राम्रो रह्यो । गुगलसँगको लडाईँका बावजुद पनि सर्च इन्जिन डकडकगोको प्रयोगमा उल्लेख्य वृद्धि भयो । सामान्यतया सर्च इन्जिनमा सर्च गर्नुलाई मान्छेले ‘गुगलिङ’ गर्नु भन्न थालेका छन् । यसको अर्थ गुगलमा सर्च गर्नु हो ।

यसरी सर्च गर्ने विषयसँगै जोडिएर आउने गुगलसँग प्रतिस्पर्धा गर्नु अन्य कम्पनीका लागि पक्कै पनि चुनौतीको विषय हो । यसका बावजुद पनि डकडकगोले यो वर्ष उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको जनाइएको छ । ‘ब्लिपिङ कम्प्युटर’ का अनुसार गत वर्षको तुलनामा यो वर्ष डकडकगोको प्रयोग ४६.४ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा कुल २३.६ बिलियन प्रश्न डकडकगोमा सर्च भएका छन् । सन् २०२० को डिसेम्बरसम्म डकडकगोमार्फत दैनिक ७९ मिलियन सर्च हुने गरेको थियो । त्यसमा ३४.६ प्रतिशतले वृद्धि हुँदै दैनिक सर्च १०० मिलियन पुगेको जनाइएको छ ।

यसरी डकडकगोको प्रयोगमा भएको उल्लेख्य वृद्धिले प्रयोगकर्ता आफ्नो प्राइभेसीमा सचेत हुने थालेका छन भन्ने दर्शाएको छ । किन भने डकडकगो प्राइभेसी सर्च इन्जिनको रुपमा चिनिँदै आएको छ । अर्कोतर्फ डकडकगोले यही वर्ष मोबाइल एपपनि सार्वजनिक गर्‍यो । त्यसको सकारात्मक प्रभाव सर्चमा देखिएको हुन सक्ने आँकलन गरिएको छ ।

हुन त यो वृद्धि गुगललाई पछ्याउँनका लागि उपयुक्त छैन् । किन भने आज गुगलको बजार हिस्सा ८७.३३ प्रतिशत रहेको छ । त्यसमा डकडकगोको बजार हिस्सा जम्मा २.५३ रहेको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२