काठमाडाैं । म्यासेजिङ एप टेलिग्रामले पछिल्लो समय धेरै अपडेट सार्वजनिक गरिरहेको छ । यसै क्रममा टेलिग्रामले आफ्नो नयाँ संस्करण ८.४ सार्वजनिक गर्दै विशेष फिचर ल्याएकाे छ । नयाँ संस्करणमा टेलिग्रामले ‘म्यासेज रियाक्सन’ सुविधा पनि थप गरेकाे छ ।
यसबाट प्रयोगकर्ताहरुले आफूलाई प्राप्त म्यासेजमा प्रतिक्रिया पठाउन सक्छन् । प्रतिक्रियाका लागि विभिन्न ६ ओटा इमोजी र २८ ओटा रियाक्सनको विकल्प राखिएको छ ।
प्रयोगकर्ताको अनुभव उत्कृष्ट बनाउन टेलिग्रामले पछिल्लो समय एनिमेटेड इमोजीहरूमा पनि जोड दिइरहेको छ, जुन धेरै समयदेखि चल्दै आएको छ ।
नयाँ एनिमेटेड इमोजी डिस्प्लेमा ठूला हुनेछन् । टेलिग्रामले स्पोइलर अलर्ट म्यासेज पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जसबाट प्रयोगकर्ताले अप्सनमा क्लिक नगरेसम्म ब्लर हुने गर्छ ।
टेलिग्रामले म्यासेजहरुको लागि इन-एप ट्रान्स्लेसन सुविधा पनि सार्वजनिक गरेको छ । यसले सबै एन्ड्रोइड उपकरणहरूमा काम गर्छ । आईफोनमा भने आईओएस १५ वा माथिमा मात्र चलिरहेको छ । यसको प्रयोगबाट प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टको विषयगत क्यूआर कोड सिर्जना गर्न सक्छन् ।