close

कलेज ‘ड्रप आउट’ यी २४ वर्षीय युवा, जसले बिटक्वाइनबाट महिनामै कमाउँछन् १० करोड

टेकपाना टेकपाना

पुस २१, २०७८ १०:१७

कलेज ‘ड्रप आउट’ यी २४ वर्षीय युवा, जसले बिटक्वाइनबाट महिनामै कमाउँछन् १० करोड

काठमाडौं । अमेरिकास्थित टेक्सासका २४ वर्षीय जोन पललाई पहिलेदेखि नै क्रिप्टोकरेन्सीमा रुचि थियो । आजभन्दा एक दशकअघि क्रिप्टोकरेन्सी त्यति चर्चामा आइसकेको थिएन । धेरै मान्छेलाई यो विषयमा थाहै थिएन ।

त्यतिबेला पढाइ नै छोडेर पलले आफ्नो रुचिको विषय पछ्याए । उनले १४ सय डलरको बिटक्वाइन खरिद गरे ।

त्यतिबेला उनी रातभर पढ्ने बहानामा बिटक्वाइन खरिद गरेर बस्थे, जसका लागि विभिन्न कम्प्युटर गेम खेलेर पैसा कमाउँथे । यो उनको रुचिमात्र थियो । यद्यपि यही रुचिले उनलाई एक दिन धनी बनाउनेछ भन्ने उनलाई पनि थाहा थिएन ।

आफ्नो घरको छिँडीमा बसेर उनी यो सबै काम गर्थे । आफैंले काम सिकेका पलले सन् २०१७ मा आएर बिटक्वाइन माइनिङ गर्ने कम्प्युटर निर्माण गरे, जुन कम्प्युटरले विभिन्न पजल गेमहरू समाधान गरेर नयाँ बिटक्वाइन उत्पादन गर्थ्यो ।

१७ वर्षको उमेरदेखि बिटक्वाइन माइनिङ गरिरहेका पलले आज प्रतिमहिना १३ लाख डलर अर्थात् नाै करोड ७० लाख रुपैयाँभन्दा पनि बढी आम्दानी गरिरहेका छन् ।

उनलाई २०१३ मा अंग्रेजी पढाउने शिक्षकले आफ्नो व्यवसायको योजना बनाउने गृहकार्य दिँदा बिटक्वाइन माइनिङ गर्ने कम्प्युटरहरू निर्माण गर्ने सोच आएको थियो ।

अनि त्यहाँबाट उनको व्यवसायिक यात्रा सुरु भयो । समयसँगै बिटक्वाइनको मूल्य झन् झन् बढ्दै जाँदा उनको मन पढाइभन्दा व्यवसायतिर धेरै लाग्न थाल्यो ।

व्यवसाय बढ्दै गएपछि उनले बिटक्वाइन माइनिङ गर्नमै आफ्नो पुरा समय दिन थाले, अनि आफ्नो पढाइ छोडे ।

सफल हुनका लागि शैक्षिक प्रमाणपत्रभन्दा आफ्नो कामप्रति लगनशिल हुन आवश्यक छ भन्ने पलको कम्पनीमा अहिले २३ जना कर्मचारी छन् ।

उनकाे कम्पनीले अहिले १३ सय कम्प्युटरबाट प्रतिदिन ४० हजार डलर (करिब ३० लाख रुपैयाँ) आम्दानी गर्छ । 

-डेली मेलबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५