close

अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले समेत ‘खल्ती’मा पैसा राख्न सक्ने

टेकपाना टेकपाना

पुस २२, २०७८ ९:५२

अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले समेत ‘खल्ती’मा  पैसा राख्न सक्ने

काठमाडौं । अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले समेत डिजिटल वालेट खल्तीमा पैसा लोड गर्न सक्ने भएका छन् । अनलाइन भुक्तानी प्रदायक कम्पनी‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेसँगै यो सेवा उपलब्ध भएको हो ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रूपमा बैंक र खल्तीका लाखौं ग्राहकहरूले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्द लिनसक्ने बताए । ‘हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित भएका छौँ,’ उनले भने ।

यो सहकार्यले समस्त बैंक तथा वालेटका ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने उनको विश्वास छ । नेपाली फिनटेक उद्योगमा एक फरक पहिचान बोकेको ब्रान्ड खल्तीले २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्तालाई सेवा दिँदै आएको छ ।

यसबाट मोबाइल र टिभीको रिचार्ज, प्लेन तथा मुभीको टिकेट बुकिङ, बीमा प्रिमियम भुक्तानी तथा अनलाइन शपिङको खरिद आदि गरी ६० हजारभन्दा धेरै सेवाको भुक्तानी अनलाइनबाटै गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५