काठमाडौं । यतिबेला स्पेनमा प्रविधिको कुम्भमेला ‘सीईएस’ आयोजना भइरहेको छ । उक्त कार्यक्रममार्फत धेरै कम्पनीले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गरेका छन् । त्यमध्ये पनि टीपी-लिंकको राउटर धेरैका लागि आकर्षणको विषय बनेको छ ।
सीईएसमा टीपी-लिंकले आफ्नो नयाँ राउटर ‘आर्चर एएक्सई२०० ओम्नी’ को प्रोटोटाइप सार्वजनिक गरेको छ । हुने त यो वर्षको सीईएसमा सीक्सई कनेक्टिभिटीमा आधारति भएर धेरै कम्पनीले आफ्नो राउटर सार्वजनिक गरे ।
तर, पनि टीपी–लिंकको यो राउटरले भने धेरैलाई लोभ्यायो । कारण यसमा भएको ‘मुभमेन्ट टेक्नोलोजी’ हो । कम्पनीले देखाएको प्रोटोटाइपका अनुसार यो राउटरमा ४ ओटा एन्टेना हुनेछ ।
यी एन्टेना सिंग्नल अनुसार आफै फोल्ड हुने र खुल्ने जनाइएको छ । यसको अर्थ जुन साइडबाट राम्रो सिंग्नल आउँछ त्यसैतर्फ एन्टेना आफैं मोडिएर प्रयोगकर्तालाई वाईफाईको नयाँ अनुभव प्रदान गर्ने जनाइएको छ ।
हुन त यो राउटरले कसरी काम गर्न सक्छ भन्ने विषयले धेरैलाई सोचमग्न बनाएको छ । कम्पनीका अनुसार यो सीक्सई राउटर हो । जसले सिक्स गिगाहर्ज, फाइभज गिगाहर्ज र २.४ गिगाहर्ज सबै सपोर्ट गर्ने जनाइएको छ ।