close

पब्जी न्यु स्टेटमा विश्वकै तीव्र गतिको विद्युतीय कार

टेकपाना टेकपाना

पुस २५, २०७८ १७:१७

पब्जी न्यु स्टेटमा विश्वकै तीव्र गतिको विद्युतीय कार

काठमाडौं । भविष्यको कल्पना गरेर ग्राफिक्स तयार गरिएको पब्जीको नयाँ संस्करण न्यु स्टेटमा विश्वकै तीव्र गतिको विद्युतीय कारलाई फिचर हुने भएको छ ।

हालै मात्र पब्जी मोबाइलले एक टिजर सार्वजनिक गर्दै न्यु स्टेटमा अब सबैभन्दा तीव्र गतिको विद्युतीय कार उपलब्ध हुने घोषणा गरेको हो ।

यसको अर्थ न्यु स्टेटमा अब बुगाटीको रिम्याक नभेरा उपलब्ध हुने अनुमान पनि गरिएको छ । गेममा यो कार कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा डेभलपर क्राफ्टनले केही भनेको छैन ।

टिजरमा पनि ‘कमिङ सुन’ मात्र लेखिएको छ । यति मात्र होइन, अबको ब्याटल रोयल १०० जना नभई ६२ जना खेलाडीमा सीमित हुने पनि बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५