काठमाडौं । भविष्यको कल्पना गरेर ग्राफिक्स तयार गरिएको पब्जीको नयाँ संस्करण न्यु स्टेटमा विश्वकै तीव्र गतिको विद्युतीय कारलाई फिचर हुने भएको छ ।
हालै मात्र पब्जी मोबाइलले एक टिजर सार्वजनिक गर्दै न्यु स्टेटमा अब सबैभन्दा तीव्र गतिको विद्युतीय कार उपलब्ध हुने घोषणा गरेको हो ।
यसको अर्थ न्यु स्टेटमा अब बुगाटीको रिम्याक नभेरा उपलब्ध हुने अनुमान पनि गरिएको छ । गेममा यो कार कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा डेभलपर क्राफ्टनले केही भनेको छैन ।
टिजरमा पनि ‘कमिङ सुन’ मात्र लेखिएको छ । यति मात्र होइन, अबको ब्याटल रोयल १०० जना नभई ६२ जना खेलाडीमा सीमित हुने पनि बताइएको छ ।
COMING SOON! Get ready to rule the streets of Troi in the world’s top EV HYPERCAR!#PUBGNewState #RimacNevera #RimacAutomobili #NewStatexRimacNevera pic.twitter.com/Oam88VoCMC
— PUBG: NEW STATE (@PUBG_NEWSTATE) January 6, 2022
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
