काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तालाई जानाजान दोस्रो दर्जाको नागरिक हुँ भन्ने मनोवैज्ञानिक दबाब दिनको लागि रणनीतिक कदम चालेको भन्दै गुगलले एप्पललाई आरोप लगाएको छ ।
पछिल्लो समयमा एप्पलले आईफोन प्रयोगकर्ताका लागि आईम्यासेजमा थुप्रै फिचर समावेश गरेको छ । सोही फिचरलाई लिएर गुगलले एप्पललाई आरोप लगाएको हो । आईम्यासेजका चर्चित फिचरमध्ये टेक्स्टको रंग परिवर्तन हुने फिचर पनि एक हो ।
यो फिचरले आईम्यासेजमा आएको म्यासेजमा हरियो र निलो गरी दुई रंगमा परिवर्तन गर्छ । जसअन्तर्गत आईफोनबाट पठाइएको म्यासेज निलो रंगको हुन्छ भने एन्ड्रोइड फोनबाट पठाइएको म्यासेज हरियो रंगको हुन्छ ।
यसले गर्दा युवा पुस्ता आफूहरू दोस्रो दर्जाको नागरिक भएको र आफूले पनि आईफोन नै प्रयोग गर्नुपर्ने भावनाको विकास भएको गुगलकाे तर्क छ ।
यस्तो फिचरले प्रयोगकर्तालाई आईफोन नै खरिद गर्न मानसिक तनाव दिएको गुगलको आरोप छ ।
कसैलाई मानसिक तनाव दिएर आफ्नो कम्पनीलाई नाफामा लाने रणनीति उचित नभएको र म्यासेजले मान्छेहरूलाई नजिक ल्याउन मद्दत गर्ने हुँदा यसका लागि बरु मिलेर काम गरौं भनेर एन्ड्रोइडका प्रमुख हिरोसी लकहेमरले ट्वीट लेखेका छन् ।
Apple’s iMessage lock-in is a documented strategy. Using peer pressure and bullying as a way to sell products is disingenuous for a company that has humanity and equity as a core part of its marketing. The standards exist today to fix this. https://t.co/MiQqMUOrgn