close

क्यान इन्फोटेक २०२२ स्थगित

टेकपाना टेकपाना

पुस २७, २०७८ १७:२

क्यान इन्फोटेक २०२२ स्थगित

काठमाडौं । क्यान महासंघले आयोजना गर्दै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ अनिश्चितकालका लागि स्थगित भएकाे छ । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि सरकारले गरेका पछिल्ला निर्णयअनुसार महासंघले सूचना प्रविधि मेला सारेको हो ।

यसअघि माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुने पूर्वतालिका थियो ।

महासंघका अनुसार इन्फोटेक मेलाका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्शमा अर्को निर्णय नभएसम्मका स्थगित गरिएको हो ।

२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह-प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी आयोजकले तयारी गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२