close

एनसेल एप रिफर गर्ने र पाउने दुवैलाई १ जीबी डेटा निःशुल्क

टेकपाना टेकपाना

माघ ४, २०७८ १०:४०

एनसेल एप रिफर गर्ने र पाउने दुवैलाई १ जीबी डेटा निःशुल्क

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो रिफर अभियान अन्तर्गत एप रिफर गर्ने र पाउने दुवैले १ जीबी डेटा निःशुल्क पाउने जनाएको छ । एनसेल एपको प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले यो अभियान सञ्चालन गरिरहेको छ ।

यसका लागि एनसेल एप खोली आफ्नो प्रोफाइलमा जाने र ‘रिफर अ फ्रेन्ड’ सेलेक्ट गरी आफ्नो युनिक यूआरएल कोड आफ्ना साथी र परिवारसँग शेयर गर्नपर्ने हुन्छ ।

यसपछि रिफर प्राप्त गर्नेले पनि एप डाउनलाेड गरेपछि दुवैले १ जीबी डेटा निःशुल्क पाउने जनाइएकाे छ ।

एनसेल एपबाट डेटा र भ्वाइस प्याक लिन सकिनुका साथै गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्य गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२