काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले स्मार्टफोनका लागि नयाँ मोबाइल प्रोसेसर ‘एक्सिनोस २२००’ घोषणा गरेको छ । एएमडीसँग सहकार्य गरी कम्पनीले यो फ्ल्गाशिप प्रोसेसर ल्याएको हो ।
सामसङको आगामी ग्यालेक्सी एस२२ सिरिजका फोन यो चिपसेटसहित सार्वजनिक हुने बताइएको छ । यो नयाँ प्रोसेसरले मोबाइल गेमिङका साथै समग्र मोबाइल फोटोग्राफी र सोसल मिडिया एपमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
एक्सिनोस २२०० नयाँ मोबाइल जीपीयू ‘एक्सक्लिप्स’ सहित आएको छ । साथै यसले ‘आरडीएनए टु’ ग्राफिक्स प्रविधि प्रयोग गरेकाले प्रयोगकर्ताले उत्कृष्ट ग्राफिक्स पर्फर्मेन्स पाउने सामसङको भनाइ छ ।
यो प्रोसेसर सामसङको फोर एनएम ईयुभी प्रोसेसमा निर्माण गरिएको हो । यसले १४४ हर्जको रिफ्रेस रेट सपोर्ट गर्नेछ भने यसमा फाइभजी, कनेक्टिभिटी, वाई-फाई र ब्लुटुथको पछिल्लो भर्सनको कनेक्सन रहेकाे छ ।