काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । योसँगै बैंकका ग्राहकलाई दुई लाखसम्मको रकम भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ ।
बैंकका अनुसार यो सेवा यही माघ १० गतेदेखि सुरु भएको हो । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिनसक्ने छन् ।
यो सेवा बैंकका सबै शाखा कार्यालयहरुको काउन्टरमा उपलब्ध भएको छ । यसअघि बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङको कार्य गर्न सक्ने गरी ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा’ (यूएसएसडी) सेवा समेत सञ्चालनमा ल्याएको छ ।