close

कतारबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

माघ १३, २०७८ १७:५५

कतारबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । मुलुकभर तथा संसारका दुई सय बढी मुलुकमा कारोबार विस्तार गरिरहेको ईसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स सम्झौता भएको छ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका नौ शाखामा गई ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्नेछन् ।

युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा ईसेवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ ।

त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका ईसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।

साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनससमेत प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबारे ईसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘ईसेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ’।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२