close

फोनपेमा जोडिए खल्ती र प्रभुपे, अब फोनपेका मर्चेन्टमा क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

माघ १४, २०७८ १०:३३

फोनपेमा जोडिए खल्ती र प्रभुपे, अब फोनपेका मर्चेन्टमा क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेको नेटवर्कमा भुक्तानी सेवा प्रदायक खल्ती र प्रभुपे जोडिएका छन् । करिब ६ लाख मर्चेन्टमा क्यूआर नेटवर्क रहेको फोनपेमा जोडिएसँगै अब खल्ती र प्रभु पेका ग्राहकले सहजै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म प्राप्त जानकारी अनुसार यो विषयमा आज शुक्रबार फोनपे र प्रभुपे बिच सम्झौताको तयारी भएको छ । भने, आउँदो आइतबार अथवा सोमबार फोनपे र खल्तीबिच सम्झौता हुँनेछ । सम्झौताको विषयमा आधिकारिक जानकारी आउन बाँकी नै भएपनि खल्ती र प्रभुपे दुवैको सिस्सटमा फोनपे इन्ट्रिगेट भइसकेको देखिन्छ ।

सम्झौतासँगै खल्ती तथा प्रभुपेका ग्राहकले फोनपेका करिब दुई लाखभन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

पछिल्ला दिनमा फोनपे नेटवर्कमा बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ । यही क्रममा यसअघि भुक्तानी सेवा प्रदायक सेलपे समेत यसमा जोडिएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२