close

२०२५ पछि विण्डोज १० नचल्ने, के होला लाखौं डिभाइसको भविष्य ?

टेकपाना टेकपाना

माघ १७, २०७८ १४:२२

२०२५ पछि विण्डोज १० नचल्ने, के होला लाखौं डिभाइसको भविष्य ?

काठमाडौं । सन् २०२१ को अन्त्यतिर माइक्रोसफ्टले विण्डोज ११ सार्वजनिक गर्‍यो । प्रयोगकर्ताहरू पनि आफ्नो सहजता अनुसार विण्डोज ११ मा अपग्रेड भए ।

तर माइक्रोसफ्टले अपरेटिङ सिस्टम नै परिवर्तन गरेका कारण सबै विण्डोज १० सपोर्ट गर्ने डिभाइसले विण्डोज ११ भने सपोर्ट गर्दैनन् ।

अन्य विभिन्न उपाय लगाएर त्यस्तो डिभाइसमा विण्डोज ११ प्रयोग त गर्न सकिन्छ । तर यसका सम्पूर्ण फिचर भने उपलब्ध हुनेछैन । धेरैजसो विण्डोज १० डिभाइसहरूले विण्डोज ११ सपोर्ट गर्दैन ।

त्यसोभए विण्डोज १० डिभाइसहरू के हुन्छ त अब ?

माइक्रोसफ्टले पनि सन् २०२५ को अक्टोबर १४ देखि विण्डोज १० को होम एण्ड प्रो डिभाइसहरूमा नयाँ अपडेट नदिने बताएको छ ।

केही प्रयोगकर्ताले नयाँ डिभाइस खरिद गर्लान् । तर लाखौं संख्यामा रहेका सबै प्रयोगकर्ताले नयाँ डिभाइस नै खरिद गर्लान् भन्न सकिन्न ।

सन् २०२५ सम्म पनि धेरै डिभाइसहरू विण्डोज ११ मा अपग्रेड नभए पनि प्रयोगमा भने रहिरहने छन् । फरक मात्र यति हुनेछ कि, माइक्रोसफ्टले विण्डोज १० का लागि कुनै नयाँ सेक्युरिटी अपडेटहरू दिनेछैन ।

विण्डोज १० का डिभाइसहरू पहिले जस्तै नै चलिरहने छन् । तर त्यसमा सुरक्षा समस्या आउन सक्नेछन्, जसको जिम्मेवार कम्पनी हुनेछैन ।

यदि तपाईंको कम्प्युटर इन्टरनेटसँग लिंक भएको छैन, अथवा सेक्युरिटी सेटअप केही हदसम्म ठीकै छ भने विण्डोज १० डिभाइस २०२५ को अक्टोबर महिनापछि पनि राम्रैसँग चल्न सक्छ ।

अथवा प्रयोगकर्ताले अरु नै कुनै उपाय लगाएर विण्डोज ११ मा अपग्रेड गर्न सक्छन् । अथवा यस्ता प्रयोगकर्ताले लिनक्स वा अरू विकल्प प्रयोग गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५