close

डिजिटल नेटवर्किङ व्यवसायमा केही संलग्न भए सरकारलाई खबर गर्नू : मन्त्री शर्मा

टेकपाना टेकपाना

माघ २०, २०७८ २१:१६

डिजिटल नेटवर्किङ व्यवसायमा केही संलग्न भए सरकारलाई खबर गर्नू : मन्त्री शर्मा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे ।

कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरे ।

उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५