close

बीएससी सीएसआईटीका लागि माघ २६ सम्म अनलाइन फारम भर्न सकिने, फागुन ७ मा प्रवेश परीक्षा

टेकपाना टेकपाना

माघ २२, २०७८ १०:५

बीएससी सीएसआईटीका लागि माघ २६ सम्म अनलाइन फारम भर्न सकिने, फागुन ७ मा प्रवेश परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सिएसआईटी विषय २०७८ का लागि विद्यार्थी भर्नाको प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ ।

शनिबार एक सूचना प्रकाशिन गर्दै संस्थानले माघ २४ गते विहान १० बजेदेखि माघ २६ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरी अनलाइन माध्यमबाट फारम भर्न सकिने जनाएको हो ।

त्यसैगरी फागुन ७ गते शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुने पनि संस्थानले जनाएको छ ।

विद्यार्थीले यो वेबसाइटमा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् ।

६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित कोर्ष समावेश गरी यो शैक्षिक कार्यक्रम तयार पारिएको हो ।

विज्ञान संकायमा उच्च मावि (विज्ञान संकाय) उत्तीर्ण वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु सरहको अध्ययन पुरा गरेको विद्यार्थीले बीएसससी सीएसआईटी पढ्न सक्नेछन् ।

यसअन्तर्गत सय पूर्णाकंको फिजिक्स र सय पूर्णाकंको म्याथम्याटिक्स पढेको हुनुपर्ने र प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै त्रिविले लिने प्रवेश परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण भएको विद्यार्थी सीएसआईटीमा भर्न हुनसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५