काठमाडौं । नेपाल टेलिकमको फाइबर टु द होम सेवा देशका ६३ जिल्लामा पुगेको छ । आर्थिक वर्ष २०६८/६९ लाई एफटीटीएच वर्षको रुपमा मनाइरहेको कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको हो ।
कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अर्धभर्चुअल कार्यक्रममा बोल्दै उनले चालु आवको पुस मसान्तसम्म ६१ हजार ८०० नयाँ ग्राहक थपिएको जानकारी दिइन् । टेलिकमले यस वर्ष चार लाख ग्राहकका लागि योग्य नेटवर्क तयार पार्ने र दुई लाख २६ हजार नयाँ ग्राहक थप गर्ने लक्ष्य बनाएको छ ।
जसमा पुस मसान्तसम्म एक लाख ९९ हजार ग्राहकका लागि योग्य नेटवर्क तयार भइसकेको वैद्यको भनाई छ ।