close

विन्डोजमा ‘स्टेबल’ भयो फ्लटरको नयाँ भर्सन 

टेकपाना टेकपाना

माघ २२, २०७८ १२:३६

विन्डोजमा ‘स्टेबल’ भयो फ्लटरको नयाँ भर्सन 

काठमाडौं । मोबाइल एप डेभेलप गर्न प्रयोग हुने फ्लटर (Flutter) को नयाँ भर्सन २.१०  रिलिज भएको छ । गुगलले क्रस-प्लेटफर्म सफ्टवेयर फ्रेमवर्क तयार पार्ने लक्ष्यका साथ केही वर्षदेखि फ्लटरमा काम गरिरहेको छ ।

एउटै कोड र डिजाइनले एन्ड्रोइड, आईओएस, लिनक्स, विन्डोज, म्याक्स र वेबका लागि एप निर्माणमा फ्लटर प्रयोग गर्न सकिन्छ ।  यो रिलिज भएपछि अब भने विन्डोजमा  स्टेबल फ्लटर एप बनाउन सकिने भएको छ ।

फ्लटरले केही समयदेखि  बेटा भर्सनमा लिनक्स, विन्डोज र म्याक ओएसलाई सपोर्ट दिँदै आएको थियो । तर अब  विन्डोजमा भने स्टेबल भएको छ ।

विन्डोजमा फ्लटर एपले आईओएस र एन्ड्रोइडमा उपलब्ध सामान्य फ्लटर  फ्रेमवर्क प्रयोग गर्न सक्छन् भने आवश्यकता अनुसार Win32, COM, र Windows Runtime API पनि  प्रयोग गर्न सक्छन् । गुगलले विन्डोजमा सपोर्ट दिन केही सामान्य फ्लटर प्लगइनहरू जस्तै क्यामेरा, फाइल_पिकर, र शेयर्ड_प्रिफेरेन्स अपडेट गरेको छ ।

गुगलले फ्लटरमा प्रभावकारी डिजाइनको लागि माइक्रोसफ्टलाइ धन्यवाद पनि दिएको छ । गुगल  र क्यानोनिकल (Ubuntu Linux को विकासकर्ता) ले संयुक्त रुपमा लिनक्स फ्लटर एपलाई स्न्याप स्टोर मार्फत वितरण गर्न सजिलो बनाउन काम गरिरहेका छन् ।

साथै उबन्टु लिनक्सको लागि इन्स्टलर पुनः फ्लटरमा लेखिएको छ ।  निकट भविष्यमा सबै ओएसमा एप डेभेलप गर्न लागि फ्लटर साझा क्रस-प्लेटफर्म बन्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५