काठमाडौं । तपाईँका लागि कतिपय समय अपरिचित नम्बरले गर्दा तनाव उत्पन्न भइरहेको हुनसक्छ । तर तपाईँले त्यसको चिन्ता लिइरहनु पर्दैन ।
किन भने आज हामी तपाईँलाई एन्ड्रोइड स्मार्टफोनमा अनावश्यक तथा अपरिचित नम्बरलाई कसरी ब्लक गर्ने भन्ने विषयमा बताउँदै छौँ । यसका लागि गुगलले बाई डिफल्ट रुपमा एउटा फिचर उपलब्ध गराउँदै आएको छ ।
यद्यपि यो तरिका स्मार्टफोन निर्माता कम्पनीअनुसार केही फरक हुन सक्छ । यसका लागि पनि तपाईँले चिन्ता लिनु पर्दैन ।
सामसङ मोबाइलका लागिः
-सबैभन्दा पहिला आफ्नो फोन एप खोल्नुहोस् ।
-त्यसपछि तीन ओटा थोप्ला भएको बटनमा दबाउनुहोस् र सेटिङमा जानुहोस् ।
-अब ब्लक नम्बरमा जानुहोस् ।
-त्यसपछि अननोन तथा हिडन नम्बर (unknown/hidden numbers) मा थिच्नुहोस् । यति गरिसकेपछि तपाईँ आफ्नो फोनमा अपरिचित नम्बरलाई ब्लक गर्न सक्नुहुन्छ । यस्तोमा तपाईँको फोनमा सेभ नरहेका नम्बरबाट आउने कल स्वतः ब्लक हुनेछ ।
साओमी मोबाइलमा के गर्ने ?
-सबैभन्दा पहिला आफ्नो मोबाइलमा रहेको फोन एपमा जानुहोस् ।
-त्यसपछि माथि दायाँ कुनामा रहेको सेटिङ बटनमा दबाउनुहोस् ।
– अब कल ब्लक लिस्ट (Call Blocklist) मा जानुहोस्
– त्यसपछि परिचित कलर्सबाट आउने कल ब्लक गर्नका लागि ब्लक कल्स फ्रम स्ट्रेन्जर (Block Calls from strangers) बटनलाई अन गर्नुहोस् र ब्लक बटन दबाउनुहोस् ।
-त्यसैगरी अलि तल रहेको अर्खो विकल्प ब्लक कल्स फ्रम हिडन नम्बर्स (Block calls from hidden numbers) बटनलाई पनि अन गर्नुहोस् ।
अन्य एन्ड्रोइड फोनमाः
-सबैभन्दा पहिला फोन एप खोल्नुहोस् ।
-डायलर सर्च बारको सबैभन्दा माथि दायाँ साइडमा रहेको तीन ओटा थोप्ला भएको बटनमा जानुहोस् ।
-सेटिङमा ट्याप गर्नुहोस् र ब्लक नम्बरमा जानुहोस् ।
-अननोन (unknown) अप्सनमा टर्न अन गर्नुहोस् । यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने एन्ड्रोइडमा अननोको मतलव तपाईँको फोनमा सेभ नरहेका नम्बर भन्ने बुझ्नुपर्ने हुन्छ । जुन नम्बरबाट तपाईँको मोबाइलमा अहिले कल आउँदा प्राइभेट वा अननोन नम्बर भनेर देखिने गर्दछ ।