close

विवाहमा औंठीको साटो एनएफटी साटासाट

टेकपाना टेकपाना

माघ २६, २०७८ १५:३१

विवाहमा औंठीको साटो एनएफटी साटासाट

काठमाडौं । सामान्यतया विवाहमा औंठी लगाइदिने प्रचलन छ । तर प्रविधिको विकाससँगै यो चलन पनि परिवर्तन हुँदैछ । अमेरिकाको एक जोडीले आफ्नो विवाहमा एउटा नौलो अभ्यास गरेका छन् ।

अमेरिकी क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी ‘कोइनबेस’ का कर्मचारीहरू रेबेका रोज र पिटर क्याचरजिन्स्कीले आफ्नो विवाहमा औंठीको साटो एनएफटी साटासाट गरेका थिए । खबर धेरैले पढ्नुभएकाे छन् ।

उनीहरूले डिजिटल टोकनलाई ‘भर्चअल रिङ’ को रुपमा साटासाट गरेर विवाह गरेकाे बताइएकाे छ । गत वर्षको अप्रिलमा उनीहरूले यसरी डिजिटल औठी साटेर विवाह गरेका हुन् ।

उक्त डिजिटल रिङ आफूहरूको विवाहको प्रमाणको रुपमा ब्लकचेनमा सुरक्षित रहेको रेबेकाले बताएकी छिन् ।

‘धेरैजसो मान्छेहरूले धार्मिक स्थल, समुन्द्रको किनारा अथवा हिमाली क्षेत्रमा विवाह गर्ने गर्छन् । तर पिटर र म ती धेरै मान्छेभित्र पर्दैनौं । त्यसैले हामीले ब्लकचेनमा विवाह गरेका छौं,’ रेबेकाले आफ्नो ट्वीटरमा लेखेकी छिन् ।

साथै उनीहरूले आफ्नो टोकनको नाम ‘तबात’ राखेका छन् । हिब्रु भाषामा औंठीलाई तबात भनिन्छ । झट्ट सुन्दा यो कुरा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर वास्तवमा यो जोडीले क्रिप्टोकरेन्सीप्रति आफ्नो लगाव प्रस्तुत गरेका छन् । साच्चै भन्दा उनीहरूको विवाहको यो प्रमाण अब सधैँ उक्त ब्लकमा रेकर्ड भएर बस्नेछ ।

अन्य भौतिक वस्तुको तुलनामा उनीहरूको विवाहको यो प्रमाण ब्लकचेनमा सधैँको लागि कैद भएको रेबेकाले बताएकी छन् । 

यसैबीच हाम्रै छिमेकी देश भारतमा पनि एक जोडीले डिजिटल पुजारीको उपस्थितिमा ‘ब्लकचेन विवाह’ गरेको पाइएको छ । यो विवाहलाई भारतको पहिलो ब्लकचेन विवाहको रूपमा प्रचार गरिएको छ ।

श्रुति नायर र अनिल नारासिपुरमले गत वर्ष नोभेम्बरमा विवाह गरेका हुन् । यद्यपि आफ्नो विवाहमा एक अर्कालाई दिएको प्रतिबद्धतालाई डिजिटल फाइलको रुपमा एनएफटीमा दर्ता गराएको कुरा भने उनीहरूले केही दिन अगाडि मात्र ट्वीटर र लिंकडिनमार्फत खुलाएका छन् ।

कोभिडका कारण विवाहलाई डिजिटल माध्यमबाट नै सम्पन्न गरेको यो जोडीले विवाहपश्चात ‘इथेरियम स्मार्ट कन्ट्राक्ट’ बनाएर आफ्नो विवाहलाई औपचारिक रुपमा ब्लकचेनमा दर्ता गराए ।

यसपछि उक्त प्रतिबद्धतासहित विवाहको औंठीको फोटोलाई डिजिटल फाइलको रुपमा एनएफटी बनाएर ‘ओपनसी’ प्लेटफर्ममा दर्ता गरे ।

India's First Blockchain Wedding: Pune Couple Exchange NFT Vows in Presence of a Digital Priest
श्रुति नायर र अनिल नारासिपुरम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२