close

भारतमा फाेर्ड माेटरकाे पुनरागमन, विद्युतीय गाडीका साथ उत्पादन थाल्ने याेजना

टेकपाना टेकपाना

माघ २९, २०७८ १८:५९

भारतमा फाेर्ड माेटरकाे पुनरागमन, विद्युतीय गाडीका साथ उत्पादन थाल्ने याेजना

काठमाडौं । फोर्ड इन्डियाले स्थानीय उत्पादन बन्द गरेको ६ महिना नपुग्दै गाडीको उत्पादन पुन: सुरु गर्ने संकेत दिएको छ ।

फोर्ड इन्डियाका कम्युनिकेसन्स डिरेक्टर कपिल शर्माले एक विज्ञप्ति जारी गर्दै अटोमोबाइल क्षेत्रका लागि भारत सरकारले प्रडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई) योजना अन्तर्गत फोर्डको प्रस्तावलाई अनुमोदन गरेको छ ।

साथै कम्पनीले भारतीय प्लान्टलाई विद्युतीय गाडीको उत्पादन र निर्यातका लागि तयार पार्ने पनि बताएको छ । कम्पनीले आफ्नो प्रस्ताव अनुमोदन भएको र उत्पादन पुनः सुरु हुने बताए पनि कसरी र कहाँबाट हुनेछ लगायतका विवरण भने खुलाएको छैन ।

साथै भारतीय बजारमा फोर्डले विद्युतीय गाडी मात्र उत्पादन गर्ने हो वा अन्य केही याेजना पनि ल्याउने छ भन्ने विषयमा प्रस्ट पारेकाे छैन । 

फोर्ड कम्पनीले हालै मात्र नयाँ हाइब्रिड र पूर्णरूपमा विद्युतीय सवारी साधन उपलब्ध गराउन विश्वव्यापी रूपमा ३० अर्ब डलरको ठूलो लगानीको घोषणा गरेको छ ।

यही रकमबाट भारतीय प्लान्ट सञ्चालन हुने बताइएकाे छ । यद्यपि भारतमा फाेर्डको पुनरागमन कस्तो हुनेछ, आउने दिनमा नै थाहा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२