काठमाडौं । वेबब्राउजर कम्पनी ओपेराले सोमबार इमोजी मात्र रहेका वेब एड्रेसलाई समेत अनुमति दिने बताएको छ । कम्पनीले नयाँ स्तरको सिर्जनालाई इन्टरनेटमा उतार्न भन्दै यस्तो योजना ल्याएको हो ।
यो इन्टिग्रेसन ‘याट’सँगको साझेदारीको एउटा हिस्सा हो, जुन कम्पनीले इमोजी रहेका यूआरएल बिक्री गर्दै आएको छ ।
‘डब्लूडब्लूडब्लू (वर्ल्ड वाइड वेब) सर्वसाधारणका लागि सार्वजनिक भएको करिब ३० वर्ष पूरा भइसकेको छ र वेब लिङ्कको स्थानमा खासै नव-प्रवर्तन भएको छैनः प्रयोगकर्ताले अझै पनि यूआरएलमा डटकम (.com) समावेश गर्दै आएका छन्,’ ओपेराको कार्यकारी उपाध्यक्ष (मोबाइल) जोर्गन आर्नेसेनले प्रेस विज्ञप्तिमा भनेका छन् ।
याटका पेजमा यदि कसैले इमोजीको लाइन खरिद गर्छ भने मौलिक किसिमका डोमेन तयार हुने गरेका छन्, त्यसलाई पनि याट नै भन्ने गरिन्छ । याटका स्वामित्वकर्ताले आफ्नो इमोजीको लाइनमा एनएफटी समेत तयार पार्न सक्छन् ।
कम्पनीले अन्ततः प्रयोगकर्ताको याटहरूमा विद्युतीय भुक्तानी समेत जोड्नेछ । कम्पनीका अनुसार याट आत्मसाथ गर्नेमा संगीतकमर्मी सबैभन्दा अगाडि छन् ।