close

मानसिक हैरानी दिएको भन्दै प्र्याकंस्टर आकाश पक्राउ

टेकपाना टेकपाना

फागुन ४, २०७८ ११:८

मानसिक हैरानी दिएको भन्दै प्र्याकंस्टर आकाश पक्राउ

काठमाडौं । प्र्याकंस्टर आकाश सेढाई पक्राउ परेका छन् । प्र्याकंको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक हैरानी दिएको भन्दै उजुरी परेपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको साइबर ब्यूरोले जनाएको छ ।

झापा घर भई हाल काठमाडौं कौशलटार बस्दै आएका आकाशले युट्युवमा लामो समयदेखि ‘नेपाली प्र्यांकस्टर’ नामको युट्युव च्यानलबाट प्र्याकं भिडिओ बनाउने गरेका थिए ।

सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्याकं) को नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडिओ तयार गरी युट्युव च्यानलमा राख्ने गरेकाले उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकोले जिल्ला अदालत काठमाडाैंबाट अनुमति लिई पक्राउ गरिएकाे ब्यूराेले जनाएकाे छ । ब्यूराेका अनुसार उनीमाथि सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२