close

ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा दिँदै सिभिल बैंक

टेकपाना टेकपाना

फागुन ४, २०७८ १८:३३

ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा दिँदै सिभिल बैंक

काठमाडौं । सिभिल बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा दिने भएको छ । यसका लागि बैंकले एफवन सफ्ट इन्टरनेसनलसँग सम्झाैता गरेकाे छ ।

सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।

बैंकको मोबाइल बैकिङ सुविधालाई अझ बढी सबल र सुदृढ बनाई ग्राहकको सहज वित्तीय पहुँचका लागि उक्त सम्झौता गरिएको हो ।

अब गरिने स्तरोन्नतिपछि सिभिल बैंकका ग्राहकले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाको उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२