close

सुरु भयो एप्पलको सस्तो फाईभजी फोन ‘आईफोन एसई थ्री’ को उत्पादन

टेकपाना टेकपाना

फागुन ५, २०७८ १४:५२

सुरु भयो एप्पलको सस्तो फाईभजी फोन ‘आईफोन एसई थ्री’ को उत्पादन

काठमाडौं । मार्चमा सार्वजनिक हुने भनिएको एप्पलको सस्तो फाईभजी फोन ‘‍आईफोन एसई थ्री’ को उत्पादन सुरु भएको छ । कम्पनीले चीनमा रहेको आफ्नो प्रोडक्सन हाउसमार्फत यसको उत्पादन अघि बढाएको हो।

हाल सम्म एप्पलले आईफोन एसई सिरिजका फोनमा फोरजी कनेक्टिभिटी सपोर्ट मात्र दिएको थियो । तर, अब सार्वजनिक हुने आईफोन एसई थ्री ले भने फाइभजी सपोर्ट गर्नेछ । साथै यसमा एप्पलको नयाँ ए१५ चिपसेट प्रयोग गरिनेछ ।
 
यो फोन तीन र  चार जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने बताइएको छ । साथै फोनमा ४‍.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले र होम बटनमै फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध हुनेछ ।

१२ मेगापिक्सेलको मुख्य क्यामेरा सहितको यो आईफोन ४०० अमेरिकी डलर (करिब ४८ हजार रुपैयाँ) मा उपलब्ध हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२