close

सन् २०२१ मा दुई सय ३३ एपले कमाए १२ अर्ब भन्दा बढी रकम

टेकपाना टेकपाना

फागुन ५, २०७८ १३:३७

सन् २०२१ मा दुई सय ३३ एपले कमाए १२ अर्ब भन्दा बढी रकम

काठमाडौं । पछिल्लो समयमा मोबाइल एपको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रयोगमा हुने सहजताका कारण वेबसाइटमा भन्दा पनि एपमा बढी फोकस हुने गरेको छ । अझ पछिल्लो समय मोबाइल गेमिङले एपको महत्वलाई बढाएको छ । जसले गर्दा एपमा प्रयोगकर्ताले खर्च गर्ने क्रम पनि बढी रहेको छ ।

एपहरूको अध्ययन गर्ने संस्था एप एन्नीले भर्खरैमात्र सन् २०२१ को प्रतिवेदन सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार सन् २०२१ मा प्रयोगकर्ताले सय मिलियन डलर अर्थात १२ अर्ब ८ करोड भन्दा बढी खर्च गरेको एप संख्या दुई सय ३३ रहेको छ । यसको अर्थ दुई सय ३३ एप मध्ये हरेकमा प्रयोगकर्ताले १२ अर्ब भन्दा बढी खर्च गरेका छन् ।

त्यसमध्ये १३ ओटा एपले १ बिलियन डलर अर्थात १ खर्ब २० अर्ब भन्दा बढी कमाएका छन् । यस प्रतिवेदन अनुसार यसरी प्रयोगकर्ताले एपमा पैसा खर्च गरेको यो तथ्याङ्क सन् २०२० को तुलनमा २० प्रतिशतले बढी हो । सन् २०२० मा कुल १९३ एपले १०० मिलियनको आँकडा छुन सफल भएका थिए । भने, जम्मा ८ ओटा एपमा प्रयोगकर्ताले १ बिलियन भन्दा बढी खर्च गरेका थिए ।

प्रतिवेदन अनुसार सन् २०२१ को कुल दुई सय ३३ एप मध्य एक सय ७४ ओटा गेमसँग सम्बन्धित एप रहेका छन् । भने, बाँकी विभिन्न सामाजिक सञ्जाल, डेटिङ एपहरू रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी पैसा युट्युबमा भएको छ । भने, दोस्रोमा टिण्डर रहेको छ । एचबीओए म्याक्स, टिकटक, रोबलक्स, क्याण्डीक्रस, डिज्नेप्लस जस्ता एप रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२