close

ह्वाट्सएपमा एउटासँग च्याट गर्दागर्दै अर्काको भ्वाइस मेसेज सुन्न सकिने

टेकपाना टेकपाना

फागुन ६, २०७८ २०:३७

ह्वाट्सएपमा एउटासँग च्याट गर्दागर्दै अर्काको भ्वाइस मेसेज सुन्न सकिने

काठमाडौं । ह्वाट्सएपका प्रयोगकर्ताले अब च्याटमा कुराकानी गर्दैगर्दा भ्वाइस मेसेज सुन्न सक्ने भएका छन् । कम्पनीले अघिल्लो महिनामात्रै यो फिचर परीक्षणको क्रममा रहेको जनाएको थियो ।

तर, अब भने प्रयोगकर्तामाझ यो फिचर उपलब्ध भएको छ । यससँगै प्रयोगकर्ताले च्याटमा कुराकानी गर्दागर्दै पुरानो भ्वाइस मेसेज सुन्न सक्ने भएका छन् ।

त्यतिमात्र नभएर यदि तपाईं कुनै एउटा व्यक्तिसँग च्याट गरिरहनु भएको छ र अर्को व्यक्तिले पठाएको भ्वाइस मेसेज सुन्न चाहनुहुन्छ भने अब त्यो पनि सम्भव हुनेछ । यसले प्रयोगकर्तालाई भ्वाइस मेसेज सुन्नकै लागि छुट्टै समय दिनुपर्ने वाध्यताको अन्त्य हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार पहिलो चरणमा यो फिचर आईओएस प्रयोगकर्ता माझ उपलब्ध भएको छ । चाँडै एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत ल्याउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२