close

ईसेवा रिफर गरेर आम्दानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन १०, २०७८ ६:५६

ईसेवा रिफर गरेर आम्दानी गर्न सकिने

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले पुनः ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले आफ्ना साथीलाई ईसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् ।

कम्पनीका अनुसार रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।

यस्तै, ईसेवामा न्यूनतम १०० रुपैयाँ रकम लोड गर्दा पाँच रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।

रिवार्ड प्राप्त गर्न रिफर लिंक आएको सात दिनभित्र सोही लिंक क्लिक गरी आग्रह (रिफर) स्वीकार गर्नुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२