close

इन्स्टाग्रामले खुसुक्क हटायो दैनिक ‘टाइम लिमिट’ का केही अप्सन

टेकपाना टेकपाना

फागुन ११, २०७८ १५:९

इन्स्टाग्रामले खुसुक्क हटायो दैनिक ‘टाइम लिमिट’ का केही अप्सन

काठमाडौं । मेटा (फेसबुक) अन्तर्गतको इन्स्टाग्रामले बिना कुनै जानकारी यसअघि उपलब्ध गराउँदै आएको दैनिक ‘टाइम लिमिट’ का केही अप्सन हटाएको छ ।

प्रयोगकर्ताले दिनमा कति समयसम्म इन्स्टाग्राम बिताउने भनेर आफैंले निर्धारण गर्नसक्ने गरी यो टाइम लिमिटको अप्सन उपलब्ध गराइएको हो ।

उदाहरणका लागि यदि तपाईंले १० मिनेटको टाइम लिमिट तोक्नुभयो र १० मिनेट तपाईंले इन्स्टाग्राममा बिताउनुभयो भने नोटिफिकेशन मार्फत प्रयोगकर्तालाई जानकारी गराउँछ ।

यसको उद्देश्य प्रयोगकर्ताले मोबाइल स्क्रिनमा धेरै समय नबिताउन् भन्ने हो । यसअघि इन्स्टाग्राममा प्रयोगकर्ताले १० मिनेटदेखि माथि विभिन्न विकल्प छनाैट गर्न पाउने व्यवस्था थियो ।

तर, अब भने त्यसलाई बढाएर थोरैमा पनि ३० मिनेटको टाइम लिमिट राखिएको छ । यसरी टाइम लिमिट परिवर्तन भएको विषयमा कम्पनीले कसैलाई पनि जानकारी दिएको थिएन ।

यो कदम जानकारी गराउँदा आलोचना खेप्नुपर्छ भन्ने सोचका साथ कम्पनीले बिना जानकारी नै टाइम लिमिटमा परिवर्तन गरेको हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३