close

६ महिनामै नेपाल भित्रिए ११ सय विद्युतीय कार

टेकपाना टेकपाना

फागुन ११, २०७८ १७:४६

६ महिनामै नेपाल भित्रिए ११ सय विद्युतीय कार

काठमाडौं । नेपालमा पछिल्लाे समय विद्युतीय सवारी साधनकाे आयात बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटले ब्याट्रीबाट चल्ने सवारीसाधनको आयात शुल्क ४० बाट १० प्रतिशतमा झारेसँगै विद्युतीय सवारी साधनको आयात बढेको हो ।

विद्युतको उपयोग विस्तार गर्ने उद्देश्यले बजेटमा सरकारले अन्तःशुल्क खारेज गर्ने र भन्सार महसुल घटाउने निर्णय गरेसँगै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको आयात २० गुणाले बढेको छ ।

भन्सार विभागका अनुसार गत असार मसान्तदेखि पुस मसान्तसम्ममा तीन अर्ब २४ करोड रुपैयाँ बराबरका एक हजार १०३ विद्युतीय कार नेपाल भित्रिएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५९ लाख रुपैयाँ बराबरको ५१ वटा कार आयात भएको थियो ।

नेपालमा चालू वार्षिक बजेट योजनाले देशमा विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि घोषणा गरेसँगै नेपाली बजारमा यसको मूल्यमा अझै घट्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३