close

चिप अभावका कारण अक्सफोर्डमा रहेको बीएमडब्लूको प्लान्ट बन्द

टेकपाना टेकपाना

फागुन १२, २०७८ ११:४९

चिप अभावका कारण अक्सफोर्डमा रहेको बीएमडब्लूको प्लान्ट बन्द

काठमाडौं । चिप अभावका कारण कार निर्माता कम्पनी बीएम्डब्लूको बेलायत स्थित अक्सफोर्डमा रहेको प्लान्ट बन्द भएको छ । कारमा प्रयोग सेमिकण्डक्टर(चीप) को अभाव हुँदा ‘बीएमडब्लू मिनी प्लान्ट’ एक साताका  लागि बन्द गरिएको हो ।

कम्पनीले सोमबारदेखि शुक्रबारसम्मका लागि यो प्लान्ट बन्द गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यममहरूले जनाएका छन् । प्लान्ट बन्द भएसँगै कम्पनीले हुन सक्ने आगामी स्थितिलाई समेत नियाली रहेको जनाएको छ ।

यसअघि कम्पनीले चिप अभावकै कारण गत वर्ष अप्रिलमा समेत तीन दिनका लागि प्लान्ट बन्द गरेको थियो । सोही कदम अनुरूप नै कम्पनीले पूनः प्लान्ट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

विश्वभर यती बेला चिपको निकै ठुलो अभाव छ । चिप निर्माता कम्पनीहरू सेमिकण्डक्टरको माग पुरा गर्न संघर्षरत छन् । यस्तोमा नयाँ डिजाइनका कारहरुमा प्रयोग हुने चिप निकै अभाव भएको छ ।

नयाँ डिजाइनका कारमा प्रयोग हुने टचस्क्रिन कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेक, रिभर्सिङ क्यामेरा, इन्धन इफिसियन्सी टूलहरू र एयरब्याग सबै  चिपमै निर्भर हुने हुँदा कार निर्माता कम्पनीहरूका लागि चिप अभाव सबैभन्दा ठुलो चुनौती बनिरहेको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३