close

एप्पलको सिरीमा थपियो नयाँ आवाज

टेकपाना टेकपाना

फागुन १२, २०७८ १४:३७

एप्पलको सिरीमा थपियो नयाँ आवाज

काठमाडौं । एप्पलले आईओएस १५.४ मार्फत सिरीमा नयाँ आवाज थप गरेको छ । यसअघि सिरीमा अमेरिकामा प्रयोग हुने चार अङ्ग्रेजी आवाज राखिएको थियो । आईओएस १५.४ मार्फत भने थप एक नयाँ आवाज छनोट गर्ने विकल्प प्रयोगकर्तालाई उपलब्ध हुने भएको छ ।

एप्पलले आईओएस १५‍.४ मा राखिएको पाचौँ आवाजको माध्यमबाट लैङ्गिक समानताको विकल्प प्रदान गर्ने उद्देश्य लिइएको छ । भर्खरै सार्वजनिक गरिएको बेटा भर्जनको सेटिङ प्यानलमा ‘भोइस फाइभ’ भनेर नयाँ अप्सन राखिएको आईओएस डेभलपर स्टिभ मोसरले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

सिरीमा थपिएको नयाँ आवाज एलजीबीटीक्यू (तेस्रोलिङ्गी) समुदायका एक सदस्यको हो । यसले एप्पल असिस्टेन्टमा विविधता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अहिले अङ्ग्रेजीमा मात्र आएको यो आवाज अरू भाषामा कहिले आउँछ भन्ने निश्चित छैन ।  एप्पलको नयाँ सिरिजको आईओएस १५।४ कहिले तयार हुन्छ भन्ने बारे कुनै जानकारी दिएको छैन् । तर, पनि  मार्चको सुरुवातमा एप्पलको विशेष कार्यक्रम रहेकाले सोही दिन नयाँ सफ्टवेयर सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३