काठमाडौं । मोबाइल गेम ‘कल अफ ड्युटीः मोबाइल’ ले सन् २०२१ मा हालसम्मकै सबैभन्दा बढी आम्दानी गरेको छ । सेन्सर टावरले भर्खरैमात्र सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीओडीको आम्दानी १.५ बिलियन डलर अर्थात १ खर्ब ८० अर्ब पुगेको छ ।
यो आम्दानी कम्पनीले कुनै पनि एक वर्षमा गरेको मध्ये सबैभन्दा धेरै हो । एन्ड्रोइड तथा आईओएस दुबैमा उपलब्ध यो मोबाइल गेम युवा पुस्तामाझ निकै नै लोकप्रिय छ । टेनसेन्टको टिभी स्टुडियोले निर्माण गरेको यो गेम सन् २०१९ मा सार्वजनिक गरिएको हो ।
प्रतिवेदन अनुसार सीओडीमा पैसा खर्च गर्नेमा सबैभन्दा अघि अमेरिका रहेको छ । अमेरिकाबाट कम्पनीले ६ सय ४७ मिलियन डलर आम्दानी गरेको छ । यो सँगै मोबाइल सुटर गेम मध्ये धेरै आम्दानी गर्नेमा सीओडी १४ औं स्थानमा उक्लिएको छ । भने, मोबाइल सुटर गेमको हिसाबले भने तेस्रो नम्बरमा रहेको छ ।
सेन्सर टावरका अनुसार सन् २०२१ सीओडीका लागि निकै नै फलदायी रह्यो । सन् २०२० को तुलनामा कम्पनीको आम्दानीमा ४५ प्रतिशतले वृद्धि हुँदै बिलियन डलरको आँकडा छुन सफल भएको भएको हो ।