close

इन्स्टाग्रामबाट यसरी हटाउनुहोस् आफ्नो फेसबुक प्रोफाइल

टेकपाना टेकपाना

फागुन १२, २०७८ १७:५८

इन्स्टाग्रामबाट यसरी हटाउनुहोस् आफ्नो फेसबुक प्रोफाइल

काठमाडौं । तपाईंले आफ्नो फेसबुक अकाउन्टलाई इन्स्टाग्राम अकाउन्टसँग लिङ्क गरेर चलाउन सक्नुहुन्छ ।  कतिपय कुरामा यसले सहज बनाएको छ भने कतिपय अवस्थामा तपाईलाई यो फिचर मन नपर्न सक्छ ।

इन्स्टाग्रामलाई फेसबुकसँग लिङ्क गरेर प्रयोग गर्दा कन्टेन्टहरू एकैसाथ फेसबुक र इन्स्टाग्राममा अपलोड गर्न सकिन्छ । यसका लागि एउटै पोस्ट अपलोड गर्न फरक-फरक समयमा फरक-फरक एप प्रयोग गरिरहन पर्दैन ।

यदि तपाईंको फेसबुक अकाउन्ट इन्स्टाग्राममा लिङ्क भएको छ वा फेसबुक अकाउन्ट प्रयोग गरेर इन्स्टाग्राम अकाउन्ट बनाउनुभएको छ र केही कारणवश हटाउनुपर्ने अवस्था आयो भने के गर्नुहुन्छ ?

आउनुहोस् आज हामी कसरी इन्स्टाग्राममा लिङ्क भएको फेसबुक अकाउन्ट हटाउने भन्ने विषयमा चर्चा गरौं । इन्स्टाग्राममा लिङ्क भएको फेसबुक अकाउन्ट हटाउन निम्न प्रकिया अपनाउनुहोस्ः

-डेस्कटप वा मोबाइल दुवैबाट फेसबुक अकाउन्ट हटाउन सकिन्छ गर्न सकिन्छ । यदि तपाईं मोबाइलबाट यो काम गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले इस्टाग्राम अकाउन्ट खोल्नुहोस् । खोलिसकेपछि तल दायाँ साइडमा तपाईंको फोटोमा ट्याप गर्नुहोस् ।

-त्यसपछि माथि देखाइएको तीनवटा धर्कामा ट्याप गर्नुहोस् ।

-त्यसपछि Setting मा जानुहोस्, सेटिङमा गइसकेपछि Account मा थिच्नुहोस् ।

-अकाउन्टमा ट्याप गरिसकेपछि ‘शेयरिङ टु अदर एप्स’ (Sharing to other apps) को अप्सन खोजेर ट्याप गर्नुहोस् ।

-त्यसपछि फेसबुक, ट्वीटर लगायतका अन्य एपको नाम देखिन्छ । कुन साइटको कुन अकाउन्ट लिङ्क गरिएको छ भनेर निलो टेक्स्टले देखाउँछ ।

-लिङ्क भएको अकाउन्टमा ट्याप गर्दा कुन अकाउन्ट लिङ्क छ भनेर देखाउँछ । लिङ्क भएको फेसबुक आईडीको प्रोफाइल सहितको नयाँ पेज खुल्छ । त्यसको तलपट्टि अकाउन्ट सेन्टर भनेर लेखिएको हुन्छ ।

-अकाउन्ट सेन्टरमा ट्याप गरिसकेपछि अकाउन्ट एन्ड प्रोफाइल (Accounts and profile) भनेर लेखिएको एउटा बक्स देखिन्छ ।

-त्यसमा फेसबुक र इन्स्टाग्रामको छुट्टाछुट्टै प्रोफाइल देखिन्छ । प्रोफाइलमा ट्याप गरी सकेपछि इन्स्टा र फेसबुक आईडी छुट्टाछुट्टै देखिन्छ ।

-त्यसपछि फेसबुकमा ट्याप गर्नुभयो भने अन्तिममा रिमुभ फ्रम अकाउन्ट्स सेन्टर (Remove from Accounts center) भनेर लेखिएको रातो टेक्स्ट देखिन्छ ।

-त्यसमा ट्याप गर्नुभयो भने अन्तिममा कन्टिन्यु भनेर लेखएको कालो बक्स आउँछ । त्यसमा ट्याप गरिसकेपछि अर्को पेज खुल्छ ।

जसको अन्तिममा रिमुभ पछि तपाईंको फेसबुकको नाम लेखिएको बक्स देखिन्छ । त्यसमा थिच्नुभयो भने तपाईंको लिङ्क भएको फेसबुक आईडी इन्स्टाग्रामबाट सधैंका लागि हट्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३