close

अनलाइनबाटै कर्मचारीको तलब-भत्ता भुक्तानी गर्छन् २६०० बढी कम्पनी

टेकपाना टेकपाना

फागुन १३, २०७८ १२:२

अनलाइनबाटै कर्मचारीको तलब-भत्ता भुक्तानी गर्छन् २६०० बढी कम्पनी

 काठमाडौं । कर्पोरेट पे प्रणालीमार्फत चालु आर्थिक वर्षको सुरु ८ महिनामै ५५ अर्बको कारोबार फर्छ्यौट भएको छ । बैंक तथा वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी एनसीएचएलले कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको थियो । 

यसमा हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत २६ सय भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भइसकेका छन् । यो प्रणाली मार्फत रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ ।

पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी समेत थपिएका छन् । व्यावसायिक ग्राहकहरूले सुरक्षित रुपमा भुक्तानी कारोबार गर्न सक्नेगरी सिस्टममा मल्टी–अथोराइजेसन तथा मल्टी सिग्नेचरिज जस्ता महत्त्वपूर्ण सुरक्षा मापदण्ड कायम गरिएको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइम प्रति कारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्लेटर्ममा एक भन्दा बढी बैंक खाता लिंक गरी कारोबारहरू गर्न सक्ने व्यवस्था समेत रहेकाले ग्राहकलाई कारोबार गर्न सहज हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३