close

ईसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामा

टेकपाना टेकपाना

फागुन १३, २०७८ २०:१२

ईसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा ईसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमका बीच ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्नसक्ने ईसेवाकाे अपेक्षा छ ।

कार्यक्रममा बोल्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘विजय लामाजस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ ।’

यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी ईसेवासँग जोडिन पाउँदा खुशी लागेको बताए ।

‘ईसेवाले आन्तरिक टिकेटिङ क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेको छ र अन्तर्राष्ट्रिय टिकेटिङको क्षेत्रमा पनि आफूलाई प्रमाणित गर्ने विश्वास रहेको छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु ।’

कार्यक्रममा एफवान सफ्टका सीईओ सुवास शर्मा, ईसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङ्गको क्षेत्रमा ईसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।

ईसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्न सुरु गरेको छ ।

वैदेशिक यात्रामा जाने हरेक नेपालीले ईसेवा मार्फत कुनै पनि देशका कुनैपनि गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३