काठमाडौं । ट्वीटरमा आफूले पोस्ट गर्ने तस्वीर तथा भिडिओहरूमा ‘वान टाइम कन्टेन्ट वार्निङ’ आफैले राख्न मिल्न भएको छ ।
आफूले पोस्ट गर्न लागेको तस्वीर वा भिडिओ अन्य व्यक्तिका लागि असहज हुने खालको जस्तो लागेमा प्रयोगकर्ताले यस्तो कन्टेन्ट वार्निङ राख्न सक्छन् ।
प्रयोगकर्ताले कुनै पनि हिंसा लगायत अन्य संवेदनशील सामग्रीहरू ट्वीटरमा पोस्ट गर्नुपूर्व उक्त पोस्टमा कन्टेन्ट वार्निङ राख्न मिल्ने फिचरको व्यवस्था गरिएको हाे ।
यो फिचर एन्ड्रोइड, आईओएस र वेब सबैमा उपलब्ध छ । कन्टेन्ट वार्निङ राखेपछि तपाईंको पोस्ट ब्लर हुन्छ र अन्य व्यक्तिलाई यो पोस्टमा संवेदनशील सामग्री भएको जानकारी दिन्छ ।
अन्य प्रयोगकर्ताले पोस्टमा क्लिक नगर्दासम्म सो सामग्री व्यक्तीले हेर्ने मिल्ने छैन । ट्वीटरका अनुसार यो फिचर प्रयोग गर्न तपाईंले पोस्ट तयार गरिसकेपछि ट्वीटको दाहिनेपट्टि भएको ‘इडिट’ अप्सनमा क्लिक गर्नुपर्ने छ ।
त्यसपछि स्क्रिनको दाहिनेतिर नै एउटा झन्डा जस्तो आकारको आइकन आउँछ । सो आइकनमा क्लिक गरेपछि तपाईंको पोस्ट न्युडिटी, हिंसा वा अन्य कुनै संवेदनशील कुरासँग सम्बन्धित छ, सोही अप्सनमा क्लिक गरेर तस्बिर अथवा भिडिओ सेभ गरेर ट्वीट गर्नुहोस् ।
यसपछि तपाईंको पोस्ट कन्टेन्ट वार्निङ सहित देखिनेछ ।