close

रुसले लगायो ट्वीटरमाथि प्रतिबन्ध 

टेकपाना टेकपाना

फागुन १५, २०७८ १५:१७

रुसले लगायो ट्वीटरमाथि प्रतिबन्ध 

काठमाडौं । ट्वीटरले शनिबार प्रयोगकर्तालाई गलत सूचनाबाट  जोगाउन भन्दै रुस र युक्रेनमा विज्ञापन तथा केही व्यक्तिको ट्वीट सिफारिस रोक्ने घोषणा गर्‍यो । त्यसको जवाफमा रुसले ट्वीटरको वेबसाइटमाथि नै प्रतिबन्ध लगाएको छ ।

कम्पनीले ट्वीट गर्दै रुसमा रहेका केही प्रयोगकर्ताका लागि ट्वीटर प्रयोग गर्न रोक लगाइएको भन्दै आफ्नो सेवालाई सुरक्षित र पहुँचयुक्त बनाउन काम गरिरहेको बताएको छ । माइक्रोब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले शनिबार आफ्नो साइटमाथि रुसले प्रतिबन्ध लगाउने तयारी थालेको बताएको थियो ।

यस अघि फेसबुकले रुसी मिडियालाई युक्रेनमा सैन्य कारबाहीयुक्त विज्ञापन देखाउन रोक लगाएको थियो । कम्पनीले ट्वीटर पोस्टमार्फत महत्त्वपूर्ण सार्वजनिक सुरक्षा जानकारी सुनिश्चित गर्नका लागि युक्रेन र रुसमा विज्ञापन माथि अस्थायी तवरमा रोक लगाउन गइरहेको बताएको थियो ।

‘युक्रेन र रुसमा ट्वीटर प्रयोगकर्तालाई हामीले अपमानजनक सामग्री प्रसार कम गर्नका लागि होम टाइमलाइनमा त्यस्ता व्यक्तिका केही ट्वीट सिफारिस गर्न समेत रोकेका छौँ,’ कम्पनीले भनेको छ ।

रुस र युक्रेनको जानकारी शेयर गर्ने केही शोधकर्ताको ट्वीटर अकाउन्ट अप्रत्याशित रुपमा निलम्बित भएका छन् । रुसी नागरिकले भीपीएन मार्फत भने ट्वीटर चलाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३