काठमाडौं । महाशिवरात्रीको अवसरमा ग्यापुले ‘महासेलिब्रेसन अफर’ ल्याएको छ । महाशिवरात्रीको अवसरमा ग्यापुले पुजा सामग्रीहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ ।
त्यस्तैगरी ग्यापुको जी-बार अन्तर्गतको सामग्रीमा ‘बाई वान गेट वान फ्री अफर’ उपलब्ध गराएको छ । कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ ।
साथै हुक्कामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नका लागि दाउरा पनि खरिद गर्न सकिन्छ ।
ग्यापुका सम्पूर्ण सामग्रीहरू फ्री डेलिभरी हुनेछ । साथै दुई हजारसम्मको सामान खरिदमा तत्काल नगद छुट पाउनका लागि ‘SHIVA200’ कोड राख्न सकिन्छ ।
ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ ।
ग्राहकले सामान खरिद गर्दा ई-सेवा, प्रभु पे, फोन पे , सेल पे, आईएमई पे, खल्ती र जुनसुकै बैंकको मोबाइल बैकिङबाट पनि ‘क्यूआर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् ।
त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिनसक्ने कम्पनीले बताएको छ ।