काठमाडौं । युक्रेनमाथि रूसको विमान, तोप र सैनिक आक्रमण जारी छ । यसबीचमा युक्रेनलाई धरै ठाउँबाट सहयोग आइरहेको छ । व्यापार व्यवसायमा आएको उतारचढावले युक्रेनी नागरिकको उठिबास नै लागेको छ ।
उनीहरूलाई सहयोग गर्न गुगल म्याप्सले पनि आफ्नै रणनीति बनाएको छ । रोयटर्सले दिएको जानकारी अनुसार विश्वका कुनै पनि प्रयोगकर्ताले युक्रेनको ट्राफिकका बारेमा लाइभ जानकारी पाउन नसक्ने भएका छन् ।
युक्रेनका स्थानीय अधिकारी र अन्य स्रोतसँग परामर्श गरेपश्चात गुगलले ट्राफिक जानकारी पाउन नमिल्ने व्यवस्था अगाडि बढाएको हो ।
युक्रेनका सीमा क्षेत्र नजिक धेरै भिड हुने बाटोमा रसियाको सैन्य गतिविधि बढ्न थालेपछि युक्रेनले गुगलसँगको परामर्श गरेको थियो । नेभिगेसन मोडबाट स्थानीयले भने युक्रेनको ट्राफिकबारे लाइभ जानकारी पाउन सक्नेछन् ।
ट्राफिक सेन्सरहरूकै कारण सहरहरू युद्दको खतरामा पर्ने र सूचना राख्न जोखिम हुने भएकाले गुगल म्याप्सले युक्रेनलाई सहयोग गरेको हो । गलत सूचना प्रवाह हुनबाट रोक्न गुगलले अन्य समाधानका उपाय पनि अपनाइरहेको छ ।