close

रूसी मिडियाका युट्युव च्यानलमाथि युरोपमा प्रतिबन्ध

टेकपाना टेकपाना

फागुन १७, २०७८ १६:४४

रूसी मिडियाका युट्युव च्यानलमाथि युरोपमा प्रतिबन्ध

काठमाडौं । युट्युवले रूसी सरकारी सञ्चारमाध्यम रसिया टुडे (आरटी) र स्पुतनिकलाई युरोपमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमा गरेको हमलाको प्रतिरोधका रुपमा युट्युवले यस्तो कदम अघि बढाएको हो ।

यसअघि मेटा अन्तर्गतको फेसबुकले पनि आरटी र स्पुतनिकलाई युरोपमा प्रतिबन्ध गर्ने निर्णय गरिसकेको छ । ट्वीटरले आरटी र स्पुतनिकका कन्टेन्टमा प्रयोगकर्ताको रिचलाई कम गर्ने निर्णय गरेको छ ।

यसअघि युट्युव आफैंले पनि रसियाका कुनै पनि युट्युवमा विज्ञापन उपलब्ध नगराउने निर्णय गरेको थियो । यसैबीच अब सरकारी सञ्चारमाध्यम आरटी र स्पुतनिकलाई युरोपमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

यसका लागि हाल गुगलको टिमले यसमा काम गरिरहेको कम्पनीले जनाएको छ ।

यसैबीच अर्को स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले रूसको नयाँ नियम पालना गर्न अस्वीकार गर्दै प्राेपगाण्डा फैलाउने रूसी राज्य समर्थित २० टेलिभिजन च्यानलको प्रसारण रोकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३